E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

बल्खुबाट लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं महानगरपालिका–१४ बल्खुबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुली गोलन्जोर गाउँपालिका–२ का २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे धुलिखेल नगरपालिका–२ का २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट तारकेश्वर गाउँपालिका–४ का २१ वर्षीय सुरेन्द्र अछामी, र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का विजय आले मगर रहेका छन्।

उनीहरूलाई प्रहरी वृत्त कालीमाटीको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट १ हजार ६७ वटा लागुऔषध क्याप्सुल, नगद १९ हजार ५ सय रुपैयाँ र ६ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!