E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार
क्यानडामा रोजगारी लगाइदिन्छु भन्दै सात लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौं टोखा बस्ने ३४ वर्षीया सम्झना राई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
राईले एक व्यक्तिलाई क्यानडामा रोजगारी लगाइदिन्छु भन्दै सात लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिइन्। पीडितको जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई जेठ १२ गते पक्राउ गरेको हो।
हाल राईलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जानकारी दिएको छ।