E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

सीमा सुरक्षा कडा ४८ घण्टामा ३१२ गस्ती १८४४ चेक प्वाइन्ट

काठमाडौँ — पछिल्लो समय क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गइरहेको पृष्ठभूमिमा नेपाल सरकारले सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा बनाएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा व्यापक गस्ती र चेक प्वाइन्ट स्थापना गरेको हो।

सशस्त्र प्रहरीका अनुसार मंगलबार बिहानदेखि ४८ घण्टाको अवधिमा मात्रै ३१२ वटा गस्ती संचालन गरिएको छ। जसमध्ये ८४ संयुक्त गस्ती भारतीय सशस्त्र सीमा बल (SSB) सँग मिलेर तथा २२८ एकल गस्ती नेपालले गरेको हो। साथै, १,८४४ स्थानमा चेक प्वाइन्ट स्थापना गरी कडाइका साथ सुरक्षा जाँच भइरहेको छ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शेलेन्द्र थापाका अनुसार सीमामा रहेको ६ वटा प्रमुख बाहिनी कार्यालयहरू — सुनसरीस्थित नं १ बराह, महोत्तरीस्थित नं २ छिन्नमस्ता, मकवानपुरस्थित नं ३ गढिमाई, कास्कीस्थित नं ४ मुक्तिनाथ, रुपन्देहीस्थित नं ५ विन्ध्यावासिनी र कैलालीस्थित नं ७ वैद्यनाथ — मातहतबाट १० हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालित गरिएको छ।

सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा नागरिकहरूसँग समन्वय गरी सूचना आदानप्रदान भइरहेको छ।

यद्यपि, नेपाल–भारतबीचको परम्परागत खुला सिमाना र आवतजावतलाई सहज राख्ने विषयमा पनि सतर्कता अपनाइएको सशस्त्र प्रहरीले जनाएको छ। त्यस्तै, शहरी क्षेत्रमा पनि सम्भावित संवेदनशील स्थानमा निगरानी थप कडा पारिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!