E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

लेखक उम्कन सक्दैनन् प्रमाणित भए जेल जानुपर्छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता पुष्टि भए उनी उम्किन नपाउने स्पष्ट पारेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रवक्ता मनीष झाले दोष प्रमाणित भए लेखकले राजनीति मात्र होइन, जेल यात्रा पनि तय हुने बताए।

गृहमन्त्री लेखकले शनिबार संलग्नता प्रमाणित भए राजनीतिबाट बिदा लिने बताएका थिए। तर रास्वपा प्रवक्ता झाले त्यसलाई अस्वीकार गर्दै भने राजनीति छाड्ने कुरा हैन प्रमाणित भएपछि जेल जानैपर्छ।

उनले यो प्रकरणमा सरकारी कर्मचारीको संलग्नता रहेको र लेखकमाथि प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका नदेखाउन नमिल्ने जिकिर गरे। उहाँ आफैं गएर टाँचा त लगाएनन् होला तर कर्मचारी सरुवा प्रक्रिया, कार्यकाल, विधि सबैमा उहाँको भूमिका हो कि होइन त्यो महत्वपूर्ण छ भने।

रास्वपाले भिजिट भिसा काण्डमा देखिएको गम्भीरता र सरकारको भूमिकालाई लिएर संसदमा पनि कडा रणनीति बनाउने संकेत गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!