E-Paperदेशयुवाराजनीतिशीर्ष समाचार

मिसन ८४ सफल बनाउन जेल जान परे पनि तयार छु – राज रोकाया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्पित समर्थक राज रोकायाले ‘मिसन ८४’ अन्तर्गत प्रवासमा रहेका युवाहरूलाई सक्रिय बनाउँदै नेपाल फर्काएर अभियान सफल बनाउने लक्ष्य लिएका छन्। उनले मे महिनादेखि प्रत्येक महिना ९,००० भारतीय रुपैयाँ (करिब १४,४०० नेपाली रुपैयाँ) संकलन गर्ने योजना अघि सारेका छन्।

रोकायाले रास्वपाको भ्रष्टाचारविरोधी अभियानमा आफूले पूर्ण साथ र समर्थन दिने बताउँदै, “भ्रष्टाचारको मूल जरा उखेलेर घाममा सुकाएर आगो बाल्ने बेला आएको छ” भनेर धारिलो अभिव्यक्ति दिएका छन्।

उनका अनुसार मिसन ८४ को लक्ष्य पुरा गर्न आर्थिक मात्र होइन, भौतिक र नैतिक समर्थन पनि आवश्यक रहेको र आफूले प्रवासमा रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। चुनाव होस् या जेल म पछि हट्दिनँ उनले बताए।

रोकायाले प्रवासमा रहेका अन्य युवाहरूलाई पनि मिसनमा सामेल हुन आह्वान गर्दै, पार्टीको विचार, लक्ष्य र अभियानप्रति समर्पित हुन अनुरोध गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!