E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
काठमाडौं फोहोर संकट नुवाकोटवासीले बञ्चरेडाँडा जाने २ सय ट्रक सडकमा रोकिदिए

नुवाकोट – ककनी गाउँपालिका–१ मा स्थानीयले सडकमा ढुंगामुढा राखेर काठमाडौं महानगरपालिकाबाट बञ्चरेडाँडा ल्यान्डफिल साइटतर्फ गएको करिब २ सय ट्रक फोहोर रोकिदिएका छन्।
स्थानीयहरू आक्रोशित छन्, उनीहरूको भनाइ अनुसार बालाजुमा तरकारी बेच्न ल्याउँदा नगर प्रहरीले नुवाकोटका किसानहरूलाई धरपकड गरेको थियो। त्यसको प्रतिकारस्वरूप फोहोर बोकेका सवारीसाधन रोकिएको हो।
हाम्रो फोहोर बोकेर जाने सबै गाडी रोकिएको छ महानगरका वातावरण विभाग प्रमुख सरिता राईले भनिन्, अहिले वार्ता भइरहेको छ। दैनिक २ सय ट्रक फोहोर बञ्चरेडाँडा पठाइन्छ।
यो घटनाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः संकट उत्पन्न हुने सम्भावना देखिएको छ।