E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै दायर रिटमाथिको बहस सकियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षकरण रिटमाथिको बहस सकिएको छ। लामिछानेसँगै सहकारी प्रकरणमा संलग्न भन्दै थुनामा रहेका पूर्व डिआइजी छविलाल जोशीले पनि संविधानको धारा ७३ अनुसार निवेदन दिएका थिए।

लामिछाने र जोशी दुबैको निवेदनलाई एउटै मुद्दाका रूपमा राखेर तीन दिनसम्म लगातार सुनुवाइ भएको हो।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको बहस सकिएसँगै आदेशको तयारी भइरहेको छ। अदालतले आजै केही बेरमा निर्णय सुनाउने जनाएको छ।

रवि लामिछाने र छविलाल जोशी सहकारी संस्थासँग जोडिएको ठगी तथा दुरुपयोग प्रकरणमा थुनामा छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!