E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
सखुवानीमा तिव्र गतिका कारण कार दुर्घटना ३ जना सकुशल

भैरहवा — भैरहवा–बुटवल सडकखण्डअन्तर्गत सखुवानी क्षेत्रमा आज बिहान एक कार दुर्घटनामा परेको छ। भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको उक्त कार तिव्र गतिका कारण अनियन्त्रित भई सडक छेउमा दुर्घटना भएको हो। दुर्घटनामा कारमा सवार तीनै जना यात्रु सकुशल रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। उनीहरूलाई सामान्य जाँचपछि घर पठाइएको छ।
दुर्घटनाको कारण कारको तीव्र गति र मोडमा नियन्त्रण गुमाउनु रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनास्थलमा ट्राफिक प्रहरी टोली पुगेर थप अनुसन्धान गरिरहेको छ। ट्राफिक प्रहरीले यात्रुहरूलाई सुरक्षित यात्रा गर्न र गति सीमा पालना गर्न आग्रह गरेको छ।