E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

कर्णाली पुलमा विप्लवको भव्य स्वागत भोलि सुखडमा शैक्षिक सम्बोधन

कैलाली — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय महासचिव नेत्रविक्रम चन्द विप्लवलाई सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली पुलमा भव्य स्वागत तथा सम्मान गरिएको छ।

बिहीबार कैलाली पुगेका महासचिव चन्दलाई नेकपा कैलालीका नेताकार्यकर्ताहरूले स्वागत गरेका हुन्। पार्टीका केन्द्रीय नेताको आगमनलाई मध्यनजर गर्दै कर्णाली पुलमा आयोजित कार्यक्रममा फूलमालासहित स्वागत गरिएको हो।

नेकपा कैलालीका जिल्ला इञ्चार्ज प्रकाश सीका अनुसार महासचिव चन्द भोलि शुक्रबार बिहान रातिपुरमा कृषक र पार्टीका कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। सोही दिन उहाँले घोडाघोडी नगरपालिका–१ सुखडमा आयोजना हुने ‘एकेडेमिया–इन्डष्ट्रि डाइलग’ (शैक्षिक–उद्योग अनुशिक्षण) कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुनेछ।

घोडाघोडी क्याम्पसद्वारा आयोजित सो कार्यक्रममा शिक्षा र उद्योग क्षेत्रको सहकार्य, अवसर र चुनौतीबारे विचार आदानप्रदान गरिने जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!