E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

लम्कीचुहामा नेपाल कम्युनिष्ट पार्टीको वनभोज तथा वडा स्तरीय भेला सम्पन्न

कैलाली — नेपाल कम्युनिष्ट पार्टी लम्कीचुहा नगर समितिद्वारा आयोजित वनभोज कार्यक्रम तथा वडा स्तरीय भेला आज भव्य रूपमा सम्पन्न भएको छ।

स्थानीय स्तरमा पार्टी संगठन सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश थाई कमिटी सदस्य भरत सी रहनुभएको थियो। प्रमुख अतिथि सीले पार्टीलाई अझ सशक्त र जनमुखी बनाउँदै गाउँ-गाउँमा सेवा पुर्‍याउने अभियानलाई तीव्र बनाउनु पर्नेमा जोड दिनुभयो। साथै, उहाँले देशको समृद्धिको मार्ग कृषि क्रान्तिबाट हुने भन्दै सबैलाई श्रम र उत्पादनमा जोडिन आह्वान गर्नुभयो। भ्रष्टाचार नियन्त्रणमा पनि श्रमिक चेतनाको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा अन्य दल परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका व्यक्तिहरूलाई प्रमुख अतिथिले टीका लगाएर पार्टीमा स्वागत गर्नुभयो।

सहभागीहरूले पार्टी संगठन विस्तार, वर्गीय संघर्ष र सामाजिक रुपान्तरणका पक्षमा ऐक्यबद्धता जनाउँदै आगामी दिनहरूमा अझ क्रियाशील रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको संयोजन नेपाल कम्युनिष्ट पार्टी लम्कीचुहा नगर समितिले गरेको थियो भने सञ्चालन नगर इन्चार्ज केबी सीले गर्नुभएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!