शुक्रबार शहिद स्मृती मावि पूर्वलम्कीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

आज कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ पूर्व लम्कीमा रहेको शहिद स्मृती माध्यमिक विद्यालयमा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ। ‘हाम्रो वातावरण, हाम्रो जिम्मेवारी’ तथा ‘वातावरण संरक्षणमा हाम्रो भूमिका’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो l कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक कला रिमालको सभापतित्वमा सम्पन्न भएको हो
मावि तहको प्रतियोगितामा सुमित्रा हमाल प्रथम लक्ष्मीकुमारी परियार द्वितीय र शिवराज जैसीले तृतीय स्थान प्राप्त प्राप्त गरेका छन्। त्यस्तै, निमावि तहमा विशाल बम प्रथम दिपेश खनाल द्वितीय सरस्वती खनालले तृतीय स्थान हासिल गरेका छन्।
प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षक रङ्गप्रसाद तिमल्सेना, सृष्टि जैसी र मीनराज भाट रहनुभएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक नरेश बहादुर थापाले गर्नुभएको थियो
विद्यालयले वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको यो कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता र जिम्मेवारीबोधको विकास गरेको छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै वातावरणीय संरक्षणमा सशक्त भूमिका खेल्न अभिप्रेरित गर्ने अपेक्षा गरिएको छ।