E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

सर्वोच्चको आदेशपछि सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको परीक्षा स्थगित

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले अधिकृत नवौं तहको बढुवा सम्बन्धी परीक्षा स्थगित गरेको छ। आयोगले २०८१ फागुन २० गते प्रकाशित गरेको विज्ञापनमार्फत प्रदेश निजामती सेवाका अप्राविधिक तथा प्राविधिक पदहरूको ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनको आधारमा बढुवाको परीक्षा तय गरेको थियो तर वन सेवा तथा कृषि समूहका कर्मचारीहरूले आन्तरिक प्रतियोगितामा सहभागी हुन नपाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि परीक्षा स्थगित गरिएको हो।

सर्वोच्च अदालतले रिट परेको भोलिपल्ट आयोगलाई परीक्षा तत्काल रोक्न आदेश दिएको थियो। आयोगका शाखा अधिकृत मिना जोशीद्वारा जारी सूचनामा सर्वोच्चको अर्को आदेश नभएसम्म परीक्षा स्थगित गरिएको जनाइएको छ।

प्राप्त विवरणअनुसार आयोगले अप्राविधिकतर्फ सामान्य प्रशासनबाट ७ जना र राजश्व सेवा बाट १ जनालाई, र प्राविधिकतर्फ कार्यक्षमता मूल्यांकनका आधारमा सामान्य प्रशासन र राजश्व सेवाबाट क्रमशः ७ र १ जनालाई बढुवा गर्ने गरी सूचना प्रकाशित गरेको थियो। यसबाहेक, प्राविधिक सेवामा ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा ३० पदमा ३५ जनाको र कार्यक्षमता मूल्यांकनको आधारमा ४९ पदमा ५० जनाको लागि परीक्षा खोलिएको थियो।

आयोगले हाललाई सम्पूर्ण परीक्षा कार्यक्रम यथास्थितिमा राखिएको जानकारी गराउँदै सबै सरोकारवालालाई सूचित गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!