E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ। बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त नगर्ने सर्वोच्च अदालतको निर्णयपछि पार्टीको भावी रणनीति तय गर्न छलफल सुरु भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको भूमिका शंकास्पद देखिएकाले त्यसबारे पनि पार्टीको आधिकारिक धारणा तय गरिने उनले बताएका छन्।

बैठकमा पार्टीको आगामी कार्यदिशा, महाधिवेशन लक्षित क्यालेन्डर र तेस्रो स्थापना दिवस (७ असार) को कार्यक्रमबारे समेत विस्तृत छलफल हुने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!