E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

दुम्कीबास र चोरमारा डाइभर्सन बगायो बुटवल–नारायणगढ सडक ठप्प

बुटवल – शुक्रबार बिहानको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

दुम्कीबास र चोरमारामा खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो। त्यस्तै, पूर्वबाट पश्चिम जाँदै गर्दा पर्ने दाउन्नेको ओरालोमा रहेको खुर्साने खोलाले पनि सडकमा क्षति पुर्‍याएको छ।

सडक अबरुद्ध भएपछि दुम्कीबास, दाउन्ने र अरुणखोलाका विभिन्न ठाउँमा सयौं सवारी साधन बाटोमै रोकिएका छन्।

प्रहरीका अनुसार खोलामा पानीको सतह नघटेकाले सडक खुलाउन समस्या भइरहेको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू बाटो खुलाउने प्रयासमा जुटिरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!