E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

रंगेलीमा बसको ठक्करले बालिकाको मृत्यु आक्रोशित भीडले गरे बसमा तोडफोड

मोरङ — मोरङको रंगेलीमा बसको ठक्करबाट एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा रंगेली नगरपालिका–७ निचामारीकी मिरा मण्डल रहेको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो रंगेली–कानेपोखरी भित्री सडकखण्ड अन्तर्गत निचामारी चोकमा कानेपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख २१०३ नम्बरको यात्रुबाहक बसले बालिकालाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी मण्डलको घटनास्थलमै ज्यान गएको थियो। घटनापछि आक्रोशित स्थानीयबासीले बसमा तोडफोड गरेका छन्। तोडफोडका कारण बसको अगाडिको सिसा फुटेको छ।

बस र चालक कटहरी गाउँपालिका–७ का चन्द्रबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!