E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
रेष्टुरेन्टको आडमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ३ जना पक्राउ, ५ महिलाको उद्धार

पोखरा — रेष्टुरेन्टको आडमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा सिर्जना चोकस्थित मनिका रेष्टुरेन्टका सञ्चालक ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनहुँको व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङ रहेका छन्।
कास्की प्रहरीले विशेष सूचनाका आधारमा रेष्टुरेन्टमा छापा मार्दा पाँच जना महिलालाई उद्धार गरेको जनाएको छ।
पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरि बस्नेतले जानकारी दिए।