सहिद स्मृति माविमा शैक्षिक सत्र २०८२ को भर्ना सुरु २३० विद्यार्थीलाई पुस्तक वितरण

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा रहेको सहिद स्मृति माध्यमिक विद्यालयमा आजबाट नयाँ शैक्षिक सत्र २०८२ को भर्ना कार्यक्रम सुरु भएको छ। साथै आजकै मितिबाट विद्यालयमा पठनपाठन समेत सुरु भएको छ l आज सुरुकै दिनमा विद्यालयमा २३० जना विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरिएको छ। चैत्र २० गतेदेखि शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलनका कारण प्रभावित भएको पढाइ आजबाट सुरु भएको हो।
नेपाल सरकार र नेपाल शिक्षक महासंघ बीच ९ बुँदे सहमतिपछि आन्दोलन स्थगित गरिएको थियो। आज एक कार्यक्रमको आयोजना गरी विद्यालयमा नयाँ विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको छ। गरिब जेहेनदार विपन्न वर्गका विद्यार्थीहरू यसै विद्यालयमा अध्ययन गरिरहेका छन् आज सुरुकै दिनमा विद्यालयमा २३० जना विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद जैसीले जानकारी दिनुभएको छ।