लम्कीमा बिक्री प्रतिनिधि संघको २५औं स्थापना दिवसमा असहायलाई खाद्यान्न र शैक्षिक सामग्री वितरण

कैलाली – नेपाल बजार बिक्री प्रतिनिधि संघ, लम्की इकाई कमिटीले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा असहाय र विपन्न व्यक्तिहरूलाई लक्षित गरी खाद्यान्न तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
सम्पूर्ण कम्पनी प्रतिनिधि एक हौं, उद्योग व्यवसायीको रक्षा गरौं, रोजगारी सिर्जना गरौं” भन्ने मूल नाराका साथ भएको कार्यक्रममा लम्की इकाईका सभापति हिर्दयराज सन्ज्यालले नेतृत्व गर्नुभयो। प्रमुख अतिथि संघका केन्द्रीय सदस्य बसन्त बि.सी. रहेको कार्यक्रममा विभिन्न कम्पनीका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
सभापति सन्ज्यालले भन्नुभयो, “२५ वर्षे यात्राको यो महत्वपूर्ण मोडमा हामीले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सकारात्मक पहल गरेका छौं। समाज सेवामा सबैको हातेमालो अपरिहार्य हुन्छ।”
त्यस्तै, प्रमुख अतिथि बसन्त बि.सी. ले संस्थाको उद्देश्यबारे प्रष्ट पार्दै भन्नुभयो, “हामी मेहनती प्रतिनिधिहरूको संस्था हौं। ठूलो बजेट नभए पनि प्रतिनिधिहरूको लेवीबाट यस्ता साना सामाजिक कार्यहरू गर्न सकिरहेका छौं।”
मानव सेवा पूर्वलम्कीका सञ्चालक विनोद थापाले संघको सहयोगले संस्थालाई नयाँ उर्जा मिलेको बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा खाद्यान्न र शैक्षिक सामग्री वितरण गर्दै समाजसेवामा योगदान पु¥याइएको छ। लम्की इकाई कमिटीले भविष्यमा पनि यस्ता सहयोगी गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।