E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

काभ्रेमा चल्दो टिपरमा आगलागी

काभ्रे – काभ्रेको पाँचखाल नगरपालिका–५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा एउटा चल्दो टिपरमा आगलागी भएको छ।

बा२क ६१२५ नम्बरको उक्त टिपर पाँचखालबाट भक्तपुर जाँदै गर्दा अचानक गति बढेपछि चालक नवराज सिवाकोटीले गाडी रोकेर पम्पको तार र फ्युज निकाल्ने प्रयास गर्दै थिए। सो क्रममा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका अधिकारीहरूले जानकारी दिएका छन्।

आगो नियन्त्रणमा लिनका लागि स्थानीय र प्रहरीको सहकार्यमा प्रयास गरिएको थियो। आगलागी राति करिब १:३० बजे नियन्त्रणमा आएको हो।

घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ, तर गाडीको अगाडिको भाग जलेर नष्ट भएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!