E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

पूर्व–पश्चिम राजमार्गमा यातायात पूर्ण ठप्प दुम्कीबासको वैकल्पिक मार्ग पनि अवरुद्ध

नवलपरासी – बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासीको दुम्कीबास क्षेत्रको वैकल्पिक मार्ग समेत पूर्ण रूपमा अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका–१, दुम्कीबासमा रहेको पुल भत्किएपछि अस्थायी ‘डाइभर्सन’मार्फत सवारी सञ्चालन हुँदै आएको थियो। तर निरन्तर वर्षापछि सो डाइभर्सन समेत बगाएपछि वैकल्पिक भित्री मार्ग प्रयोगमा ल्याइएको थियो। सो मार्ग पनि सोमबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध बनेको हो।

विनयी त्रिवेणी–३ स्थित खरंगे खोलामा पानीको बहाव अत्यधिक बढेपछि वैकल्पिक मार्गसमेत अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए। उनका अनुसार हाल दाउन्ने–दुम्कीबास खण्डमा सवारीसाधन पूर्ण रूपमा ठप्प छन्। साना तथा मध्यम सवारीलाई होङ्सी गेट, सर्दी र ज्यामिरे राजमार्ग हुँदै पास गराइँदै आएको थियो। तर वर्षा जारी रहेकाले ती मार्ग पनि प्रयोगयोग्य नरहेको जनाइएको छ।

वर्षासँगै नदी, खोलामा बाढी आएकाले अस्थायी संरचनाहरू बिग्रँदै गएर यातायातमा गम्भीर अवरोध भएको हो। यस्ता अवस्थाले यात्रुहरूलाई अत्यधिक कठिनाइ भएको बताइएको छ।

यातायात ठप्प हुँदा यात्रुहरू सडकमा अलपत्र परेका छन् भने स्थानीय बासिन्दा तथा व्यवसायीहरू पनि प्रभावित भएका छन्। यातायात सञ्चालन कहिलेदेखि सुचारु हुने भन्नेबारे प्रष्ट जानकारी प्राप्त हुन बाँकी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!