E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि पाँच दिनका लागि बन्द

काठमाडौं – नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिनका लागि दिउँसोको समयमा बन्द हुने भएको छ। सडक मर्मत तथा स्तरोन्नतिको कार्य भइरहेकोले बन्द अवधि थप गरिएको नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ।
यसअघि जेठ १० देखि हिजोसम्म बिहान १०:३० देखि दिउँसो ३ बजेसम्म सडक बन्द हुँदै आएकोमा अब जेठ ३० गतेसम्म यही समय तालिकामा बन्द गरिने सूचनामा उल्लेख छ।
योजना कार्यालयका अनुसार, मर्मत कार्यलाई प्रभावकारी बनाउन उक्त समय अवधिमा सवारी साधनको आवागमन रोकिनेछ। वैकल्पिक मार्गका रूपमा साना तथा मझौला गाडीहरूका लागि सीतापाइला–रामकोट–धार्के मार्ग र सामाखुशी–टोखा–छहरे–त्रिशूली–गल्छी मार्ग प्रयोग गर्न सकिने जानकारी दिइएको छ।
यात्रुहरूलाई पूर्व जानकारीका आधारमा यात्रा योजना बनाउन अनुरोध गरिएको छ।