E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
कैलालीका १६ वर्षका हिक्मत भण्डारी जेठ २४ देखि बेपत्ता

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–२, बगौरा निवासी १६ वर्षीय हिक्मत भण्डारी जेठ २४ गतेदेखि बेपत्ता भएका छन्।
उनी सो दिन बिहान फुपुको घर जान्छु भनी घरबाट निस्किए पनि त्यसपछि उनको अवस्था अज्ञात रहेको छ।परिवारका सदस्यहरूका अनुसार हिक्मतले त्यस दिन नेपालको राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएका थिए। उनको उचाइ करिब ५ फिट रहेको अनुमान गरिएको छ। बेपत्ता भएको केही समय बितिसक्दा पनि कुनै ठोस जानकारी प्राप्त नभएपछि परिवार निकै चिन्तामा छन्।
हिक्मतको खोजी कार्यमा परिवार र स्थानीयबासी जुटिरहेका छन् भने सम्बन्धित निकायलाई पनि खबर गरिएको छ। यद्यपि हालसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन।
यदि कसैलाई हिक्मत भण्डारीको बारेमा केही जानकारी भएमा ९७६९८६०८५७ यो नम्बरमा वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध छ।