E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
पर्सामा रवि लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी मुद्दा दायर

पर्सा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता गरिएको छ।
बीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा सभापति लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर भएको हो।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार करिब एक महिना अघि नै सरकारी वकिल कार्यालय, पर्सामा अनुसन्धान प्रतिवेदन बुझाइएको थियो। सोही आधारमा अदालतमा मुद्दा दर्ता भएको सूचना अधिकारी रामनरेश महतोले जानकारी दिएका छन्।
यसअघि पनि लामिछानेविरुद्ध विभिन्न सहकारीहरूमा ठगीको आरोपमा मुद्दा दर्ता भएका थिए।