गोरखा सेवा समाज कतारको अध्यक्षमा विकास श्रेष्ठ पूर्व अध्यक्षहरूलाई दिए धन्यवाद

गोरखा सेवा समाज कतारको १३ औं अधिवेशनबाट अध्यक्ष बनेका विकास श्रेष्ठले अघिल्लो कर्याकालका सबै अध्यक्ष मण्डलाई धन्यवाद दिएका छन् ।
कतारको औद्योगिक क्षेत्र सनैया स्थित वइलफेयर रेस्टुरेन्टको सभाहलमा शुक्रबार समाजको अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ग्लोबल गोरखा समाजका उपाध्यक्ष तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व उपसंयोजक श्रीकृष्ण भट्टराई प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
नवनिर्वाचित श्रेष्ठको नेतृत्वको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष अर्जुन संग्रौला, उपाध्यक्षहरू राजेन्द्र पराजुली र रामचन्द्र गिरि, महासचिवमा रुद्र बहादुर भट्ट, सचिवहरू पवन गुरुङ र पूर्ण बहादुर गुरुङ, कोषाध्यक्ष अशोक श्रेष्ठ तथा सह कोषाध्यक्ष दिनेश थापा चयन भएका छन्।
त्यस्तै, विभिन्न स्थानीय तह समन्वयकर्ताको रूपमा पालुङटार नगरपालिकाबाट नन्दलाल श्रेष्ठ, सिरानचोक गाउँपालिकाबाट सूर्य बहादुर गुरुङ, अजिरकोट गाउँपालिकाबाट राजु गुरुङ, शहीद लखन गाउँपालिकाबाट दीपक बिक, आरुघाट गाउँपालिकाबाट रश्मि गुरुङ चयन भएका छन्। साथै केन्द्रीय सदस्यमा दुर्गा भुजेल, मालती गुरुङ, मदन बखाती र प्रदीप मल्ल ठकुरी मनोनयन भएका छन्।
प्रवासी नेपालीहरूको एकता, सेवा भावना, सांस्कृतिक पहिचान र सामाजिक उत्तरदायित्वप्रति आफू प्रतिबद्ध रहेको र अग्रजहरुको राय सल्लाहमा समाजलाई दोहाको अविभाज्य समाज र अभिभावकत्व लिने समाजको रुपमा स्थापित गर्ने विकास श्रेष्ठ बताउँछन् ।