E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

झापाका तीन स्थानमा तीनजनाको शव फेला

झापा – झापाका तीन फरक स्थानमा एकैदिन तीनजनाको शव फेला परेको छ। बुधबार बिहान अर्जुनधारा नगरपालिका–४ मदनपुर जलाधर सडक, बिर्तामोड नगरपालिका–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार अर्जुनधारा–४ मा भेटिएको शवको पहिचान हुन बाँकी छ। बिर्तामोड–२ फूलबारी टोलमा ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृत अवस्थामा फेला परेका हुन्।

तीनवटै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!