खेलदेशशीर्ष समाचारस्थानीय समाचार
नेपालले इन्डोनेसियालाई ३७० रनले हराउँदै ऐतिहासिक जित दर्ता गर्याे

यु–१६ क्रिकेटमा नेपालले इन्डोनेसियाविरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ। शानदार ब्याटिङ र घातक बलिङको प्रदर्शन गर्दै नेपालले इन्डोनेसियालाई ३७० रनले पराजित गरेको हो।
पहिलो ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ४२० रनको विशाल योगफल तयार गर्याे। नेपाली ब्याट्सम्यानहरूले धारिलो प्रदर्शन गर्दै विपक्षी बलरहरूलाई दबाबमा राखे।
४२१ रनको लक्ष्य पछ्याउने क्रममा इन्डोनेसियाको सुरुआती अवस्था नै कमजोर रह्यो। नेपालको बलिङ अक्रमणसामु इन्डोनेसियाली ब्याट्सम्यान टिक्न सकेनन्। कप्तान विपिन शर्माको घातक बलिङमा इन्डोनेसिया मात्र ५० रनमै समेटियो। शर्माले एक्लैले ६ विकेट झारे।
नेपालको जित ३७० रनको भएको हो जुन यु–१६ तहको अन्तर्राष्ट्रिय क्रिकेटमा एक प्रभावशाली नतिजा मानिन्छ।
यो जितसँगै नेपालले प्रतियोगितामा बलियो सन्देश दिएको छ।