E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

लम्की लगायत कैलालीका क्षेत्रमा वर्षासँगै शितलता किसान हर्षित

कैलाली — धेरै दिनको खडेरीपछिको वर्षाले कैलालीको लम्की तथा आसपासका क्षेत्रमा शितलता ल्याएको छ। पछिल्लो समय तापक्रम अत्यधिक बढेसँगै जनजीवन प्रभावित भइरहेको अवस्थामा आज परेको पानीले सर्वसाधारणले राहत महशुस गरेका छन्।

गर्मीका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका र खेतबारीमा काम गर्ने श्रमिकहरू प्रभावित भइरहेको थियो आज बिहान परेको पानीले किसानलाई राहत मिलेको छ lमौसम शितल भएपछि मानिसहरू बाहिर निस्कन थालेका छन् र नियमित कामकाजमा सहजता आएको छ।

सबैभन्दा बढी खुशी त किसानहरू देखिएका छन्। हिलो नभएको कारण रोपाइँ प्रभावित हुने चिन्ता बढिरहेको समयमा आज परेको पानीले उनीहरूमा नयाँ उत्साह भरिएको छ।

खेतीका लागि आवश्यक समयमै पानी नपर्दा धानको बिउ उमार्न गाह्रो भइरहेको थियो। आजको झरीले न केवल रोपाइँको वातावरण तयार पार्न मद्दत पुर्‍याएको छ, तर माटो नमीयुक्त भएपछि बिउ उमार्न सजिलो हुने अपेक्षा गरिएको छ।

यस वर्षको असार सुरु हुनै लाग्दा आएको यो वर्षा किसानहरूका लागि वरदान सावित भएको छ। अब आगामी दिनमा नियमित वर्षा भए कृषकहरूले समयमै रोपाइँ सकेर उत्पादनमा वृद्धि गर्न सक्नेछन् भन्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!