E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

नागढुंगा–नौबिसे सडक पाँच दिनका लागि आंशिक बन्द हुने

काठमाडौं — नागढुंगा–नौबिसे सडक खण्डमा मर्मत तथा सुधार कार्यका कारण आगामी पाँच दिनसम्म दैनिक साढे चार घण्टा सडक बन्द गरिने भएको छ।

नागढुंगा–मुग्लिङ्ग सडक आयोजना (पूर्वी खण्ड) का अनुसार जेठ २६ गतेदेखि ३० गतेसम्म प्रत्येक दिन बिहान १०:३० बजेबाट दिउँसो ३:०० बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ।

सडक बन्दको अवधिमा साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। यातायातका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ।

यात्रु तथा सवारी चालकहरूलाई असुविधा नहोस् भनी पूर्व सूचना दिइएको आयोजक पक्षले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!