E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

मालिका देवी कृपा फाउन्डेसन र ओम कृष्ण अस्पतालको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न हुने

जनस्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै मालिका देवी कृपा फाउन्डेसन तथा ओम कृष्ण अस्पतालको संयुक्त पहलमा निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। स्वास्थ्य सेवा पहुँचबाट बञ्चित गरिब तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै आगामी २०८० साल असार ७ गते (३ महिना ७ गते), बिहान ८ बजेदेखि आधारभूत स्वास्थ्य केन्द्र, जानकी गाउँपालिका–५, अमौरा, कैलालीमा उक्त शिविर आयोजना गरिने जानकारी आयोजक संस्थाहरूले दिएका छन्।

शिविरमा अनुभवी चिकित्सकहरुद्वारा विविध रोगहरूको परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिनेछ। साथै, आवश्यक औषधिहरू पनि निशुल्क वितरण गरिने आयोजक पक्षले जनाएको छ। स्थानीय बासिन्दा, विशेषगरी वृद्धवृद्धा, महिला तथा बालबालिकालाई लक्षित गरी सञ्चालन हुने यो कार्यक्रमले स्वास्थ्य सेवा प्राप्तिमा सहयोग पुर्याउने विश्वास लिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!