E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कैलालीमा गोठमा आगलागी हुँदा ७२ वर्षीय वृद्धको मृत्यु

कैलालीको गौरीगंगा नगरपालिका–१० जवलपुरमा आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ। स्थानीय ७२ वर्षीय कुक्रु डगौरा थारुको गोठमा सुतिरहेको अवस्थामा ज्यान गएको हो।

आज बिहान करिब ३ बजेतिर ४६ वर्षीय अनिल चौधरीको खरले छाएको कच्ची गोठमा आगलागी भएको थियो। सोही गोठमा सुतेका अनिलका बुवा कुक्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली बिहानै ३ बजेतिर घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा आगो नियन्त्रणमा आइसकेको थियो। आगलागीको कारण भने हालसम्म नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!