E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
अर्जुनधारामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

झापा — अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्रको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ निवासी पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए।
आज बिहान ८ बजे पौडी खेल्न पोखरीमा गएका उनीहरू डुबेको स्थानीयले थाहा पाएपछि उद्धार गरी विर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्याइएको थियो। तर, चिकित्सकहरूले बिहान ८ः३० बजे नै दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेका थिए।
हाल दुवैको शव हस्पिटलमै राखिएको छ। यस घटनाले स्थानीय बासिन्दालाई दुःखित बनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।