E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
सुनकोशी नदीमा डुबेर एक युवाको मृत्यु

काभ्रे — सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा काभ्रेको महाभारत गाउँपालिका–४ निवासी २४ वर्षीय साजन वाइबा रहेका छन्। आइतबार बिहान ९:३० बजे पौडी खेल्ने क्रममा उनी नदीमा बगाउँदा ज्यान गएको पचुवारघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक युवराज केसीले जानकारी दिएका छन्।
साजन वाइबा तेमाल गाउँपालिका–३ चुखाबेशीस्थित बृहत् खानेपानी आयोजना अन्तर्गतको ट्यांकी निर्माण कार्यमा खटिएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।