E-Paperदेशशीर्ष समाचारसंसारस्थानीय समाचार

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण ९ दिनमै ५८ जनाको मृत्यु

नयाँ दिल्ली – भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेको छ। पछिल्ला केही दिनयता संक्रमितको संख्या चुलिंदै जाँदा मृतक संख्या पनि बढिरहेको छ।

भारतमा पछिल्ला ९ दिनमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने पछिल्लो दुई हप्तामा संक्रमितको संख्या २३ गुणाले वृद्धि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ३७८ नयाँ संक्रमित थपिएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या ६ हजार नाघेर ६,१३३ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन्।

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित राज्य केरला रहेको छ। त्यसपछि गुजरात, पश्चिम बंगाल र दिल्लीमा पनि संक्रमितको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, अरुणाचल प्रदेश र मिजोरममा मात्रै हाल सक्रिय केस छैनन्।

यद्यपि, विशेषज्ञहरूले अहिले देखिएको नयाँ भेरियन्ट गम्भीर नभएको र अधिकांश संक्रमितलाई अस्पताल भर्ना गर्नु नपर्ने बताएका छन्। उनीहरू घरेलु हेरचाहमा नै निको हुने अवस्था देखिएको बताइएको छ।

गत मे २२ मा देशभर जम्मा २५७ सक्रिय केस मात्रै थिए भने हालसम्म यो संख्या ६ हजार नाघेको हो। केन्द्र सरकारले सबै राज्यहरूलाई अक्सिजन, आइसोलेसन बेड, भेन्टिलेटर तथा आवश्यक औषधिहरूको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!