Uncategorized
वीरगञ्जमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

पर्साको वीरगञ्जमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटना शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका–१० स्थित सिताराम चोकमा भएको हो।
मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैयाका २३ वर्षीय रामाकान्त यादव र विजय यादव रहेका छन्। उनीहरूलाई गम्भीर अवस्था रहेको भन्दै नारायणी अस्पताल पुर्याइएको थियो तर उपचारको क्रममा बिहान ८ बजे दुबैको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार अर्का २२ वर्षीय विजय कुमार यादव घाइते भएका छन्।
बा प्र ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल सडकमा रोकिराखिएको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको पछाडि ठोक्किएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।