E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

रौतहट — रौतहटको गरुडा नगरपालिका–१ जयनगरटोलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

आइतबार बिहान चट्याङ लागेर घाइते भएका ६५ वर्षीय सियाराम बनियाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए।

घाइते अवस्थामा उनलाई तत्काल गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!