E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

झापाको कृष्णे खोलाले बगाउँदा १२ वर्षीय बालकको मृत्यु

झापा — झापाको कृष्णे खोलाले बगाउँदा एक १२ वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल गाउँपालिका–१ रतनचौन निवासी मिङमारेन्जे शेर्पाका छोरा सुसान शेर्पा मृत फेला परेका हुन्।

प्रहरीका अनुसार सुसानको शव आज बिहान करिब ७:३० बजे कृष्णे खोलाको बगरमा फेला परेको हो। उनी दुई दिनअघि कसैलाई केही नबताई घरबाट आफैं हिँडेका थिए। परिवारले उनलाई फेला पार्न खोजतलास थाले पनि सफलता नपाएपछि सोमबार उनका बुबाले प्रहरी चौकी तोपगाछीमा हुलियासहितको निवेदन दिएका थिए।

सुसानको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाले गाउँमा शोकको वातावरण छाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!