E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

राप्तीमा चेपाङ दम्पतीले भिरबाट हाम फाले श्रीमतीको मृत्यु

चितवनको राप्ती नगरपालिका–४ चौकीडाँडामा एक चेपाङ दम्पतीले भिरबाट हाम फालेका छन्। घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घरायसी विवादपछि दम्पतीले मंगलबार खहरे खोलाको छेउबाट भिरमा हाम फालेका थिए। मृत्यु हुनेमा ४२ वर्षीया कुमारी प्रजा चेपाङ रहेकी छिन् भने उनका ४७ वर्षीय श्रीमान् लिलाबहादुर प्रजा चेपाङ घाइते अवस्थामा भरतपुर अस्पतालमा उपचाररत छन्।

डीएसपी खनालका अनुसार झगडा भएपछि श्रीमतीले पहिले हाम फालेकी थिइन् भने श्रीमान् बचाउन जाँदा उनी पनि तल खसेका थिए। कुमारीको टाउकोमा ढुंगा ठोक्किएकाले घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। लिलाबहादुरको कानबाट रगत बगेको र कुममा चोट लागेको जानकारी दिइएको छ।

स्थानीयवासी र वडाध्यक्षको भनाइअनुसार ती दम्पती मदिरा सेवनपछि झगडा गरेका थिए। राप्ती नगरपालिका–४ का वडाध्यक्ष केदार आचार्यका अनुसार श्रीमतीले म मर्छु भनेर भिरबाट हाम फालेकी थिइन् श्रीमान् उनलाई बचाउन जाँदा आफैँ पनि तल खसे।

वडाध्यक्ष आचार्यका अनुसार ती दम्पती करिब १० मिटर तल खसेका थिए। धेरै गहिरो भिर थिएन तर श्रीमतीको टाउकोमा ढुंगा ठोक्किएर मृत्यु भएको हुनसक्छ उनले भने उक्त क्षेत्र वडा नं. ४ र ५ को सिमानामा पर्छ र त्यहाँ जम्मा सात घर चेपाङ समुदायका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!