E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
नवलपरासीमा सर्पको डसाइबाट महिलाको मृत्यु

नवलपरासी – नवलपरासीको मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पले डसेर एक महिलाको ज्यान गएको छ। स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलको बुधबार राति उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार राति करिब ९ बजेतिर घरमा भाँडा माझ्ने क्रममा शान्तिलाई दाहिने खुट्टामा सर्पले डसेको थियो।
घटनापछि उनलाई तत्काल कालीगण्डकी अस्पताल कावासोती लगिएको थियो तर उपचारकै क्रममा राति नै उनको मृत्यु भएको हो। हाल कुन प्रजातिको सर्पले डसेको हो भन्ने पहिचान हुन सकेको छैन। गर्मी मौसम सुरु भएसँगै जिल्लामा सर्पदंशका घटनाहरूमा वृद्धि देखिएको प्रहरीको भनाइ छ। स्थानीय बासिन्दाहरूलाई सचेत रहन आग्रह गरिएको छ।