E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

धनगढीमा मोटरसाइकल दुर्घटना चालक रविन्द्र सिंहको मृत्यु

धनगढी — कैलालीको धनगढीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। गइराति धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा जुगेडाकै ३२ वर्षीय रविन्द्र सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ०१००९ प ७७८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालामा खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सिंहलाई तत्कालै सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर थापा क्षेत्रीले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!