E-Paperदेशशीर्ष समाचारसंसार

मुम्बईको लोकल ट्रेनबाट खस्दा डोटीका पुरन बिकको दुःखद निधन

मुम्बई – भारतको मुम्बई शहरमा रेलबाट खस्दा डोटीका एक नेपाली युवाको मृत्यु भएको छ। पूर्वीचौकी गाउँपालिका–१, डोटी निवासी २९ वर्षीय पुरन बिकको लोकल ट्रेनबाट खस्दा घटनास्थलमै निधन भएको हो।

दुर्घटना मुम्बईको कांदिवली र बोरिवली स्टेशनको बीचमा भएको बताइएको छ। साँझको भीडभाडको समयमा ट्रेनको ढोकामा उभिएका बिक अचानक सन्तुलन गुमाएर रेलको पटरामा खसेका थिए। खसेको केही क्षणमै उनले ज्यान गुमाएका थिए।

कामको सिलसिलामा भारत गएका बिक केही वर्षयता मुम्बईमै मेहनत गर्दै आएका थिए। परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर उनी भारत पसेका थिए। तर, त्यो सपना रेलको पटरामै चकनाचुर भयो। उनका परिवार, आफन्त र गाउँलेहरु अहिले शोकमा डुबेका छन्।

पुरन बिकको निधनले प्रवासमा रहेका नेपालीहरुको सुरक्षाप्रति गम्भीर ध्यान दिन जरुरी देखिएको छ। उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, भगवानले दिवंगत आत्माको चिरशान्ति र शोकसन्तप्त परिवारजनलाई धैर्य दिन सकोस् भन्ने कामना व्यक्त गरिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!