E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बन

काठमाडौं — काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई कार्यसञ्चालनमा अवरोध पुर्‍याएको आरोपमा निलम्बन गरेका हुन्।

यसअघि गुरागाईंले पाण्डेलाई कार्यालय प्रवेशमा अवरोध गरेको भन्दै स्पष्टीकरण सोधेका थिए। तर, पाण्डेले दिएको स्पष्टीकरण चित्तबुझ्दो नलागेपछि उनलाई निलम्बन गरिएको महानगर स्रोतले जनाएको छ।

नगर प्रहरी प्रमुखका रूपमा काम गरिरहेका पाण्डे ६ महिनासम्म पदमा रहन नपाउने भएका छन्। यस घटनाले काठमाडौं महानगरको आन्तरिक प्रशासनिक विवादलाई पुनः सतहमा ल्याएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!