E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
पाँचखालमा यात्रुबस दुर्घटना ८ जना घाइते चालक नियन्त्रणमा

काभ्रेको पाँचखाल नगरपालिका–६ हनुमानगढीस्थित अरनिको राजमार्गमा बुधबार बिहान यात्रुबाहक बस दुर्घटनामा परि आठ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट मेलम्चीतर्फ गइरहेको बा २ ख ३२६५ नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएको हो।
दुर्घटनापछि घाइते भएका सबै यात्रुलाई तत्काल उद्धार गरी नजिकैको पाँचखाल पोलिक्लिनिकमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। सबैको सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
उक्त बसमा ३५ जना यात्रु सवार थिए। दुर्घटनापछि बस चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ का ३० वर्षीय मनोज बराईलीलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा तीव्र गति र मोडमा सन्तुलन गुमाउँदा बस पल्टिएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।