E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

डीआईजी विनोद घिमिरे नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता नियुक्त

काठमाडौं – नेपाल प्रहरीमा हरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचना जारी गर्दै घिमिरेलाई केन्द्रीय प्रवक्ताको रूपमा नियुक्त गरिएको जानकारी दिएको हो।

यसअघि प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले सम्हाल्दै आएका थिए। अब उनलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको छ।

प्रहरी संगठनको संरचना अनुसार केन्द्रीय प्रवक्ता डीआईजीस्तरको अधिकारी हुनुपर्ने प्रावधान छ। डीआईजी नहुँदा अस्थायी रूपमा एसएसपी थापालाई यो जिम्मेवारी दिइएको थियो। हालै घिमिरे डीआईजीमा बढुवा भएपछि उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

प्रहरी प्रवक्ताका रूपमा कार्य गर्ने अधिकारीको भूमिकाले संगठनको सार्वजनिक छवि निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!