E-Paperदेशधर्मशीर्ष समाचारस्थानीय समाचार

सबै जात–वर्गलाई एउटै कक्षामा धार्मिक शिक्षा पञ्चाङ्ग समितिको समावेशी पहल

काठमाडौं — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विगत दुई दशकदेखि हिन्दू धर्मसँग सम्बन्धित नित्यकर्म, पूजा-पाठ, हवन, रुद्री, चण्डी, गीता, भागवत लगायतका धार्मिक विधिहरू कुनै पनि जातीय, वर्गीय वा लैङ्गिक भेदभाव नगरी अध्यापन गराउँदै आएको छ।

समितिका संस्कारशिरोमणि ज्योतिषाचार्य गणेशप्रसाद पन्त ‘पञ्चाङ्गकार’ का अनुसार ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र, विश्वकर्मा, परियार, मिजार, बादी, शिल्पी लगायत सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई एउटै कक्षामा समावेशी ढंगले सिकाइने गरिएको छ।

उनले भने हाम्रो यहाँ जो कोही — महिला वा पुरुष, जुनसुकै जात वा समुदायको भए पनि — इच्छुक व्यक्तिले सम्पर्क गरेर अध्ययन गर्न सक्नुहुन्छ। हामीले शास्त्रसम्मत विधि र प्रयोगात्मक पद्धति प्रयोग गरी धार्मिक तथा ज्योतिषीय ज्ञान प्रदान गर्दै आएका छौं।

समितिले विशेष रूपमा परम्परागत रूपमा पछाडि पारिएका वर्गहरूलाई स्वागत गर्दै उनीहरूलाई वैदिक विधि अनुसार जन्मदेखि मृत्युसम्मका संस्कारहरू स्वयम् गर्न सक्षम बनाउने कार्य गरिरहेको छ।

आचार्य पन्तले देशभरि शिल्पी समुदायका गाउँघरमा भेला गरी वैदिक परम्पराको प्रयोगात्मक शिक्षामार्फत हिन्दू धर्म बाँचाउने अभियान सञ्चालन गर्दै आएका छन्।

उनले सबै हिन्दू धर्मावलम्बीहरूलाई सम्पर्क गरेर अध्यापनमा सहभागी हुन आह्वान गरेका छन्। समितिको विश्वास छ कि यस अभियानले जातीय सद्भाव, धार्मिक एकता र सामाजिक समरसता प्रवर्द्धन गर्नेछ।

सम्पर्क: संस्कारशिरोमणि ज्योतिषाचार्य गणेशप्रसाद पन्त ‘पञ्चाङ्गकार’ — ९८६०२७८१००

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!