E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार
जाजरकोट खुकुरी आक्रमणमा संलग्न दुई फरार काठमाडौँबाट पक्राउ

जाजरकोट – जाजरकोटमा एक व्यक्तिलाई बाँधेर खुकुरी प्रहार गर्ने घटनामा संलग्न दुई फरार अभियुक्तलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका–७ का २७ वर्षीय दीपेन्द्र सिंह र २७ वर्षीय तप्त सिंह रहेका छन्। उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार, जाजरकोट जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि जाजरकोट प्रहरीले जेठ २२ गते पत्राचारमार्फत उनीहरूलाई खोजी गरिदिन अनुरोध गरेको थियो।
हाल दुवै अभियुक्तलाई थप अनुसन्धानका लागि जाजरकोट पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।