E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ

कैलाली जिल्लामा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानसमेत रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार गोदावरी नगरपालिका–९ का प्रहरी जवान चिरञ्जीवी बिसीलाई ३८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो। यस्तै, गोदावरी नगरपालिका–५ को गेटाबाट २० वर्षीय कमल रिजाललाई पनि ५ ग्राम १८० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको छ।

रिजाललाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, मंगलबार राति करिब साढे १० बजेको समयमा घोडाघोडी नगरपालिका–१ स्थित सुखडबाट विशेष सूचनाको आधारमा थप पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोडाघोडी–१ लक्ष्मीपुरका २० वर्षीय उमेश नाथ योगी, १९ वर्षीय विनोद मिजार, दिनेशबहादुर बिष्ट (१९), र दुई जना १८ वर्षीय किशोर छन्।

उनीहरुको शरीर खानतलासी गर्दा जम्मा २१ ग्राम ८२० मिलिग्राम खैरो हेरोइन बरामद भएको डीएसपी सिंहले जानकारी दिए। पक्राउ परेकाहरुमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!