E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

डीएसपी भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीको नायब उपरीक्षक (डीएसपी) भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा उर्फ ज्ञानु तामाङ र सुनसरी इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै उनीहरूले एक व्यक्तिसँग ६ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ।

परिसरका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपीलराज बोहराका अनुसार, पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरीका अनुसार, ज्ञानु तामाङ विगतमा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका थिए। उनी २०७० साल फागुन २० गते हातहतियार तथा खरखजना मुद्दामा दोषी ठहर भई ५ वर्ष जेल बसेर छुटेका थिए। त्यसअघि २०७० साल वैशाख १६ गते सार्वजनिक अपराधमा र २०६७ साल कात्तिक ५ गते जुवासम्बन्धी कसुरमा समेत पक्राउ परी मुद्दा चलाइएको थियो।

प्रहरीले घटनासँग सम्बन्धित थप अनुसन्धान जारी राखेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!