E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

भ्रामक सामग्री टिकटकमा पोस्ट गरेको आरोपमा रमा बस्नेत पक्राउ

भक्तपुर — सामाजिक सञ्जाल टिकटकमार्फत प्रतिष्ठित व्यक्ति र संस्थामाथि तथ्यहीन र भ्रामक आरोप लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन्। नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई आइतबार भक्तपुरबाट नियन्त्रणमा लिएको हो।

ब्युरोका अनुसार बस्नेतले टिकटकमा जातीय तथा साम्प्रदायिक भावना भड्काउने प्रतिष्ठित व्यक्तिहरूमाथि आधारहीन आरोप लगाउने तथा समाजमा भ्रम फैलाउने खालका सामग्रीहरू लगातार पोस्ट गर्दै आएकी थिइन्। उनका सामग्रीहरूबारे विभिन्न उजुरी परेपछि ब्युरोले प्रविधिको माध्यमबाट अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा बस्नेतको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो।

साइबर ब्युरोका अनुसार बस्नेतको टिकटक एकाउन्टमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं उपमेयर सुनिता डंगोलविरुद्ध तथा रास्वपाका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहको पक्षमा बनाइएका सामग्रीहरू देखिएका छन्। उनविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!