E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार
कञ्चनपुरमा लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी घरबाटै पक्राउ

कञ्चनपुर — लागूऔषध (खैरो हेरोइन) सम्बन्धी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका २२ वर्षीय भरत रोकाया र २७ वर्षीय हरिश कुवर छन्। रोकायालाई अदालतले १ महिनाको कैद सजाय तोकेको थियो भने कुवरलाई ९ दिनको कैद सजाय सुनाइएको थियो।
उनीहरूलाई इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोष्ट गजरौलाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
पक्राउ परेका दुबै जनामाथि हाल आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।