बालकल्याण मावि भुरुवाबाट ४० जना विद्यार्थी SEE २०८१ मा सफल

राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजामा भुरुवा स्थित बालकल्याण माध्यमिक विद्यालयबाट सहभागी ७० जना परीक्षार्थीमध्ये ४० जना सफल भएका छन्।
विद्यालय प्रशासनले सफल भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। विद्यालय परिवारले विद्यार्थीहरूको निरन्तर मेहनत शिक्षक-शिक्षिकाको मार्गदर्शन र अभिभावकहरूको साथलाई यस सफलताको मुख्य आधार मानेको छ।
उतिर्ण नतिजा हासिल गर्न नसकेका ३० जना विद्यार्थीहरू भने यहीँ २०८१ साउन २९ गते हुने ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यालयले जानकारी दिएको छ। विद्यालयले सम्बन्धित विद्यार्थीहरूलाई समयमा तयारी गर्न तथा परीक्षा समयतालिका र आवश्यक प्रक्रिया बारे जानकारी लिन आह्वान गरेको छ।
विद्यालयले आगामी दिनमा अझ राम्रो नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण विद्यार्थीको शैक्षिक प्रगति र मनोबल वृद्धिमा ध्यान केन्द्रित गर्ने बताएको छ।